Section 27
परिषद्को कोष
(१) परिषद्को आफनो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिका रकम रहने छन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी वा विदेशी कुनै व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रुपमा प्राप्त रकम,
(ग) परिषद्मा नाम दर्ता तथा नाम दर्ता अद्यावधिक गर्दा प्राप्त हुन आएको रकम,
(घ) परिषद्को तर्फबाट उपलब्ध गराएको सेवा बापत प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै विदेशी व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा सहायता, अनुदान वा दान दातव्य प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्को कोषमा प्राप्त हुन आएको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(५) परिषद्को कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।